सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा चण्डेश्वरी आधारभूत विद्यालयलाई सहयोग

मङ्गलबार, ३१ जेठ २०७९, १८ : ०९
मङ्गलबार, ३१ जेठ २०७९


मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही अनुसार बैंकले धादिङमा स्थित श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आवश्यक पर्ने कम्प्युटर तथा ल्यापटप खरिद, प्रोजेक्टर खरिद, फर्निचर, विद्यालय कम्पाउन्ड वाल  निर्माण प्रयोजनका लागि रु ५०,००० आर्थिक सहयोग गरेको छ । सो  रकमको चेक एक कार्यक्रम बीच बैंकको तर्फबाट कर्मचारी सन्तोष दाहाल, बिजय तामाङ र सुदिप श्रेष्ठले संयुक्त रुपमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक डिल नारायण श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप