शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा स्थानीय चुनावको समीक्षा

मङ्गलबार, ३१ जेठ २०७९, १८ : ०२
मङ्गलबार, ३१ जेठ २०७९

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा स्थानीय चुनावबारे समिक्षा भएको छ । मंगलबारबाट सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको प्रतिवेदनमा आधारित भएर छलफल भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । 

‘स्थानीय निर्वाचनको समिक्षा गर्न स्थायी कमिटी बैठक डाकिएको हो । बैठकमा पेश भएको प्रतिवेदनमाथि मंगलबार छलफल सुरु भएको छ’, नेता खनालले भने, ‘बैठक केही दिन चल्छ ।’ मंगलबारको बैठकमा तल्ला कमिटीबाट आएको चुनावी रिपोर्ट र नतिजाका आधारमा पार्टीलाई भएको फाइदा र बेफाइदाका बारेमा नेताहरुले धारणा राखेका छन् ।

त्यसक्रममा कतिपयले गठबन्धनमा इमान्दारीता नदेखिँदा कतिपय स्थानमा पार्टीका उम्मेदवारले पराजय भोग्नु परेको बताएका थिए । नेकपा एकीकृत समाजवादीले गत स्थानीय निर्वाचनमा सहमति अनुसार पाँच दलीय गठबन्धनमा कार्यान्वयन नभएको बताउदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप