एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा स्थानीय चुनावको समीक्षा
मङ्गलबार, ३१ जेठ २०७९, १८ : ०२
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा स्थानीय चुनावबारे समिक्षा भएको छ । मंगलबारबाट सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको प्रतिवेदनमा आधारित भएर छलफल भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
‘स्थानीय निर्वाचनको समिक्षा गर्न स्थायी कमिटी बैठक डाकिएको हो । बैठकमा पेश भएको प्रतिवेदनमाथि मंगलबार छलफल सुरु भएको छ’, नेता खनालले भने, ‘बैठक केही दिन चल्छ ।’ मंगलबारको बैठकमा तल्ला कमिटीबाट आएको चुनावी रिपोर्ट र नतिजाका आधारमा पार्टीलाई भएको फाइदा र बेफाइदाका बारेमा नेताहरुले धारणा राखेका छन् ।
त्यसक्रममा कतिपयले गठबन्धनमा इमान्दारीता नदेखिँदा कतिपय स्थानमा पार्टीका उम्मेदवारले पराजय भोग्नु परेको बताएका थिए । नेकपा एकीकृत समाजवादीले गत स्थानीय निर्वाचनमा सहमति अनुसार पाँच दलीय गठबन्धनमा कार्यान्वयन नभएको बताउदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण