सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

डीभी र वैदेशिक रोजगारी खुल्दा राहदानी विभागमा लाइन लाग्यो : परराष्ट्रमन्त्री

मङ्गलबार, ३१ जेठ २०७९, १७ : ४२
मङ्गलबार, ३१ जेठ २०७९

परराष्ट्र मन्त्री नारायण खड्काले डिभीको आवेदन र वैदेशिक रोजगारीका गन्तव्य एकसाथ खुल्दा राहदानी विभागमा लाइन लागेको बताएका छन् । संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले डिभिको आवेदन खुल्दा र मलेसिया लगायत रोजगारीका गन्तव्य खुल्दा पासपोर्ट बनाउनेको लाइन बढेको बताएका हुन् ।

यस्तै, उनले विभागमा विचौलियाको पहुँच रोक्ने सरकारको पहलपछि समेत लाइन बढेको बताए । ‘राहदानी विभागमा बिचौलिया रोक्ने निर्णय गरेपछि लाइन बढेको छ । मनै छुने गरेर लाइन लागेको देखिन्छ ।’ यो समस्या समाधान गर्न नेपाल प्रहरीसँग आवश्यक समन्वय गरिरहेको मन्त्री खड्काको भनाइ छ ।

यसका साथै, यतिबेला उच्च शिक्षा अध्ययनका लागि विदेश जानेहरूको संख्या बढ्दा समेत पासपोर्ट बनाउनेको संख्या बढेको बताए । शैक्षिक गन्तव्य मुलुकहरूले यही समयमा अध्ययनका लागि भिसा खुलाउँदा विभागमा भिडभाड बढिरहेको मन्त्री खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप