शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश सरकारले जानकी मन्दिरको सौन्दर्यकरणमा अनियमितता गरेको आरोप

मङ्गलबार, ३१ जेठ २०७९, १७ : १४
मङ्गलबार, ३१ जेठ २०७९

जानकी मन्दिरमा मधेस प्रदेश सरकारले सौन्दर्यकरणको नाममा भ्रष्टचार गरेको आरोप मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले लगाएका छन् । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत  मन्दिरको सौन्दर्यकरणको नाममा गरेको कमसल गुणस्तरहीन निर्माण कामले मन्दिरको स्वरूपलाई कुरुप बनाएर भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘मधेस प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मन्दिरको सौन्दर्यकरण र विद्युतिकरणको नाममा भ्रष्टाचार गर्न मन्दिरका विभिन्न भागमा तोडफोड गरी पुरातात्विक स्वरुप नै बिगारेको छ ।’ मुख्यमन्त्री स्वच्छता कार्यक्रमको नाममा गरिएको जानकी मन्दिर परिसर तथा मन्दिर भित्रको टाइल्स, मार्बल, गेट निर्माण तथा मरम्मतसम्भारसहितका भएको सौन्दर्यकरण र मधेस प्रदेश सरकारकै कार्यक्रम अन्तर्गत बृहत्तर क्षेत्र विकास परिषदद्वारा गरिएको लाइट जडानमा समेत भ्रष्टाचार भएको महन्त दासले दावी गरे ।

उनले कमसल तथा गुणस्तरहीन सामग्रीको प्रयोग भएको कारण टाइल्स मार्बल फुट्न थालेको र लाइट बिग्रेर थन्केको बताए । उनले मन्दिरको सौन्दर्यकरणमा प्रदेश सरकारका मन्त्री, कर्मचारी र ठेकेदारले भ्रष्टाचार गरेका हुन् भने लाइटिङ्गको काममा बृहत र सम्बन्धित मन्त्रालयका कर्मचारी तथा मन्त्रीले भ्रष्टाचार गरेको दावी गरे ।

उनले मधेस प्रदेश सरकारले भ्रष्टाचार गर्न जानकी मन्दिरलाई माध्यम बनाएको समेत आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप