१४ गते रातिको सीसीटीभी फुटेज झिकाउन एमालेको माग
मङ्गलबार, ३१ जेठ २०७९, १७ : ०५
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‍मा १४ गते रातिको सीसीटीभी फुटेज झिकाउन सभामुखलाई आग्रह गरेको छ। करका दर परिवर्तन गर्ने जस्तो महत्त्वपूर्ण निर्णयमा अर्थमन्त्रीले गैर–व्यक्तिलाई लगाएर राष्ट्रमाथि नै गद्दारी गरेको भन्दै सो रातको वास्तविकता दिने सीसीटीभी फुटेज झिकाउन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसँग आग्रह गरेका हुन् ।
यसअघि, अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेको आरोप प्रतिनिधिसभामा रोष्टमबाट पुनः खण्डन गरेका थिए । बजेट तयारीको सन्दर्भमा मध्यरात गैर–व्यक्ति बोलाएर बजेट तलमाथि गरिएको भन्ने आरोप निराधार र कपोलकल्पित बाहेक केही नभएको उनको दाबी छ ।
बजेट तयारीको नियम तथा परम्परा अनुसार नै अर्थ मन्त्रालयले सचिव र तोकिएको व्यक्तिहरूबाटै तयार भएको तर कोही पनि गैर–व्यक्तिबाट तयार नगरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण