गठबन्धनलाई पराजित गर्दै जिसस नवलपरासी प्रमुखमा एमाले विजयी
![गठबन्धनलाई पराजित गर्दै जिसस नवलपरासी प्रमुखमा एमाले विजयी](https://rpcdn.ratopati.com/media/albums/jss-nawalparasi_UJyPHTfSnD.jpg)
पश्चिम नवलपरासी जिल्ला समन्वय समितिको प्रमुखमा गठबन्धन दललाई पराजित गर्दै नेकपा एमालेका भगौति यादव ( रुदल) बिजयी भएका छन् । गठबन्धन दलका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बालिन्द्र विक्रम शाहीलाई ( १) एक मतले पराजित गर्दै नेकपा एमालेका भगौति यादव ( रुदल) विजयी भएका हुन् ।
पश्चिम नवलपरासी जिल्लामा रहेको ७ वटै पालिकाहरुमध्ये नेपाली काङ्ग्रेसका पालिका प्रमुख एवं उपप्रमुखमा ६ जना र नेकपा एमालेका प्रमुख तथा उप प्रमुख गरी ५ जना तथा माओबादीबाट २ जना र राप्रपाबाट १ जनागरी पालिका उपप्रमुख मा विजयी भएका छन्।
जिल्ला समन्वय समितिको निर्वाचनमा १४ जनाले मतदान गरेकोमा नेकपा एमालेकाे तर्फबाट प्रमुखकाे उमेदवार भगाैति यादवले ७ मत प्राप्त गरेर नेपाली काङ्ग्रेसका शाहीलाई १ मतले पराजित गर्दै विजयी हुन सफल भएका हुन् । जसमध्ये नेपाली काङ्ग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत प्राप्त गरेका थिए भने १ मत बदर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलर, चिनिया युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, कसको कति ?
-
सिरियामा सैन्य संख्यावृद्धि विनाशकारी हुनसक्ने चेतावनी
-
कर्णालीमा धान उत्पादनमा वृद्धि
-
वुमन्स च्याम्पियन्स लिग : चेल्सीको लगातार छैठौं जित, रियाल स्तब्ध
-
विश्वशान्ति र प्राणी कल्याणका लागि लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा