प्रतिबन्धका बीच रुसले १०० दिनमा कमायो ९७ बिलियन
रुसले युक्रेनमाथि हमला सुरू गरेपछि पेट्रोलियम पदार्थ बेचेर ९७ बिलियन अमेरिकी डलर आर्जन गरेको छ । बीबीसीका अनुसार आक्रमण सुरू गरेको १०० दिनभित्र रुसले उक्त मूल्य बराबरको पेट्रोल र प्राकृतिक ग्यास निर्यात गरेको हो ।
मार्चको तुलनामा पेट्रोलियम पदार्थको निर्यातबाट हुने आम्दानी घटेपनि यस अवधिमा उलेख्यमात्रामा निर्यात गरेको पाइएको छ । यद्यपी, पछिल्लो समय धेरै मुलुकले रुसबाट आयात हुने तेलमाथि प्रतिबन्ध लगाएका छन् भने युरोपियन युनियनले समेत तेल आयात कटौती गर्ने निर्णय गरिसकेको छ ।
स्वतन्त्र संस्था ‘सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयरलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘धेरै मुलुकको प्रतिबन्धका बाबजुत कमजोरीहरू देखिएको छ ।’ रुसले फेब्रुअरी २४ देखि ३ जुनसम्मको अवधिमा इन्धन बेचेर कमाएको ९७ बिलियन डलर आर्जन गरेको हो । यसमध्ये ६१ प्रतिशत अर्थात ५९ बिलियन अमेरिकी डलरको तेल युरोपियन युनियनमा निर्यात भएको पाइएको छ ।
यी सबै समाचारका बाबजुत रुसले इन्धन बेचेर प्राप्त गर्ने आम्दानी भने उच्च अंकले घटेको छ । युक्रेनमाथि हमला अघि दैनिक १ बिलियन डलरको निर्यात हुने गरेकामा अहिले त्यो निकै न्यून छ । यद्यपी, रुसमाथि हमला सुरू गरेपछि पनि रुसले दैनिक ८७६ मिलियन डलरको तेल निर्यात गर्दै आइरहेको बताइएको छ ।
अहिले अमेरिकाले रुसबाट आयात हुने सम्पूर्ण खनिज तेल, प्राकृतिक ग्यास र कोइलाको आयात रोकेको छ । यस्तै, बेलायतले समेत यही वर्षको अन्त्यदेखि रुसबाट हुने सम्पूर्ण आयात रोक्ने निर्णय गरिसकेको छ । यसका बाबजुत अहिले रुसबाट भारततर्फ हुने तेलको निर्यात भने उल्लेख्य रूपमा बढेको छ ।
युक्रेनमाथि हमला सुरू हुनुअघि भारतले रुसबाट १ प्रतिशत मात्रै कच्चा पदार्थ आयात गथ्र्यो । जुन, हमला सुरू भएपछि १८ प्रतिशतले बढेको छ । भारतसँगै चीन, फ्रान्स लगायतका अन्य मुलुकमा समेत पछिल्लो समय रुसबाट आयात हुने तेलको मात्रा बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’