बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

मङ्गलबार, ३१ जेठ २०७९, १६ : २५
मङ्गलबार, ३१ जेठ २०७९

पोर्चुगल पठाई दिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बालुवाटार घर भई हाल टोखा बस्ने ३५ वर्षीय श्रेष्ठमाथि पोर्चुगल पठाएर काम लगाइदिन्छु भन्दै ८ जनाबाट साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

तनहुँको बन्दिपुर गाउँपालिका घर भई हाल काठमाडौँ म्हेपी बस्ने सुकमाया गुरुङले श्रेष्ठ विरुद्ध ठगीको उजुरी दिएकी दिइन् । श्रेष्ठले आफू नेपाल अनाथ आश्रम असहाय समाज नामक संस्थाको केन्द्रीय अध्यक्ष रहेको र पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले ‘तपाईं लगायत तपाई‌ंको आफन्तहरू जाने भए म पोर्चुगल पठाइदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु,’ भन्दै प्रलोभनमा पारेर ठगी गरेको  गुरुङको उजुरीमा उल्लेख छ । 

श्रेष्ठले भिसा प्रोसेसिङ र हवाई टिकटको लागि गुरुङसमेत ८ जनाबाट तेत्तिस लाख पचास हजार रकम लिएका थिए । गुरुङको जाहेरीपछि प्रहरी अनुसन्धानबाट जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको भनिएको हवाई टिकट तथा भिसाहरू नक्कली भएको पत्ता लागेको थियो ।  प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यका अनुसार श्रेष्ठलाई प्रहरी टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप