बुधबारदेखि आयोगले मतदाता नामावली संकलन गर्ने
मङ्गलबार, ३१ जेठ २०७९, १५ : ००
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असार १ गते अर्थात भोलि बुधबारदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसबारे जानकारी दिएका हुन् ।
उनले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा इलाका प्रशासन कार्यालय मार्फत नामावली संकलन र अध्यावधिक कार्य गरिने बताए । कुनै पेशा व्यवसायका कारण अर्को जिल्लामा रहेपनि सो जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताए । विवाह वा अन्य कुनै कारणले अर्को जिल्लामा मतदाता नामावली सार्न चाहेमा सोही जिल्लामा निवेदन दिने र सो कार्यालयबाट प्राप्त पत्र नयाँ जिल्लाको निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता