बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जयसिंह धामी बेपत्ता प्रकरण : कारवाहीका लागि कुटनीतिक पहल भइरहेको छ - परराष्ट्रमन्त्री खड्का

मङ्गलबार, ३१ जेठ २०७९, १६ : १६
मङ्गलबार, ३१ जेठ २०७९

परराष्ट्रमन्त्री नारायण खडकाले नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको विषयमा कारवाहीका लागि पहल भइरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महाकाली नदी तुइनबाट तर्ने क्रममा धामी बेपत्ता भएकोमा गठित समितिको प्रतिवेदन अनुसार आवश्यक कारवाहीका लागि भारत सरकारलाई २०७८ भदौ २० गते कुटनीतिक माध्यमबाट लेखी पठाएको जानकारी गराए ।

त्यसबारे नेपालको तर्फबाट भारतसमक्ष निरन्तर पहल भइरहेको उनको भनाइ छ । २०७८ साउनमा महाकाली नदी तरिरहेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएपछि धामी महाकाली नदीमा वेपत्ता भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप