शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सरकारले बजेटको आकार घटाउने

मङ्गलबार, ३१ जेठ २०७९, १६ : ०५
मङ्गलबार, ३१ जेठ २०७९

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । सरकारले गत वर्षभन्दा सानो आकारको बजेट ल्याउने भएको छ ।

चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि स्रोतको यकिन नभएका योजना घटाउने तयारी गरेको मन्त्रालय स्रोतको भनाइ छ । 

प्रदेश सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम  अनुसार नै बजेट ल्याइने आर्थिक मन्त्रालयका प्रवक्ता एवं उपसचिव राम बहादुर कार्कीले बताए । उनले बजेटमा कृषि, भौतिक पूर्वाधार, खानेपानी, ऊर्जालाई प्राथमिकता दिने रातोपाटीलाई बताए ।

उनले नीति तथा कार्यक्रमको सेरोफेरोमै रहेर प्रदेशको विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी  भइरहेको बताए । बजेटलाई अन्तिम रुप दिन लागिएको भन्दै आज रातिसम्म आगामी वर्षको बजेट ‘फाइनल’ हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप