बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

राज्यमन्त्रीलाई कारबाहीको माग गर्दै तुलसीपुरमा प्रदर्शन, लुम्बिनी प्रदेश सरकारको चासो

मङ्गलबार, ३१ जेठ २०७९, १५ : ४५
मङ्गलबार, ३१ जेठ २०७९

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा स्थानीय महिलाहरूले प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा जम्मा भएर पीडित परिवारले नाराबाजी गरेका हुन ।

मन्त्री वलीले आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मिना बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेको आरोप लागेको छ । घरभित्रै पुगेर महिला र बालिकामाथि कुटपिट गरेको भन्दै मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाले प्रदर्शन गरेपछि थप अनुसन्धानका लागि मन्त्री लाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको छ । उनलाई एसपीकै निर्देशनमा क्वाटरमा राखिएको छ । स्थानीयले नाराबाजी गरेपछि राज्यमन्त्री वलीलाई घोराहीतर्फ ल्याई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनले घटनाको अनुसन्धान भइरहेकाले थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताए । एसपी काफ्लेले मन्त्री विरुद्ध कुन मुद्दा दर्ता गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । पीडित महिलाले जाहेरी दर्ताका लागि इप्रका तुलसीपुर पुगेकी छिन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेको विषयमा अध्ययन गर्ने बताएका छन् । उनले मन्त्री वली पक्राउ परेको विषयमा अनौपचारिक सुने पनि आधिकारिक जानकारी अहिलेसम्म सरकारलाई नआएको  प्रतिक्रिया दिएका छन् । उनले भने( हामीलाई अहिलेसम्म आधिकारिक ‘इन्फर्मेसन’ आएको छैन । जिम्मेवार व्यक्तिले त्यस्तो कुटपिट गर्ने काम गर्नुभएको रहेछ भने, त्यसको गम्भीर अध्ययन  गरेर अगाडि बढ्ने बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप