मन्त्रीलाई सांसदको प्रश्न– कुन जारको पानी खाने ? कुन जारको नखाने ?
मङ्गलबार, ३१ जेठ २०७९, १५ : १३
खानेपानी मन्त्री उमाकान्त चौधरीलाई सांसदले कुन जारको पानी खाने र कुन जारको नखाने भनेर प्रश्न गरेका छन् । आगामी आर्थिक वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलका क्रममा नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले मन्त्री चौधरीलाई कुन जारको पानी खाने र कुन जारको नखाने भनेर प्रश्न गरेकी हुन् ।
स्वच्छ पानीको अभाव भएको भन्दै उनले सहरी क्षेत्रमा जारको पानी खान बाध्य हुनु परेको जिकिर गरिन् । बजारमा विभिन्न कम्पनीले जारका पानी विक्री वितरण गर्दै आएको भन्दै ती जारका पानीमध्ये कुन गुणस्तरीय र कुन गुणस्तरहीन छ भन्नेबारे सरकारले परीक्षण गर्नुपर्ने उनको भनाइ थियो । काँग्रेसकै सांसद डिला संग्रौला पन्तले पनि जारको पानी पिउनुपर्ने बाध्यता रहेको भन्दै शुद्ध र गुणस्तरीय पानी कहिलेसम्म उपलब्ध हुन्छ भन्ने प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या