बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुर्किना फासोमा ५६ सर्वसाधारणको हत्या

मङ्गलबार, ३१ जेठ २०७९, १५ : ००
मङ्गलबार, ३१ जेठ २०७९

बन्दुकधारीहरूले उत्तरी बुर्किना फासोमा सप्ताहन्तमा कम्तिमा ५६ जनाको हत्या गरेका छन् । पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका मुस्लिम चरमपन्थीले सो हमला गरेको अधिकारीहरूले बताएका छन् ।

संदिग्ध अतिवादीले सेनो प्रान्तको सेतेंगामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्ता वेन्डकौनी जोएल लियोनेल बिल्गोले एक पत्रकार सम्मेलनमा बताए । सरकारले आक्रमणमा ५५ जना मारिएको जनाएको छ ।

विशेष गरी उत्तरी बुर्किना फासोमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका आक्रमणहरू बढिरहेका छन् ।  सन् २०२१ को जुनमा सोल्हान सहरमा भएको आक्रमणमा जिहादीहरूले कम्तिमा १६० जना मारेका थिए । 

जनवरीमा विद्रोही सिपाहीहरूले राष्ट्रलाई सुरक्षित गर्ने वाचा गर्दै लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई हटाएका छन् । तर, हिंसा झन बढेको छ । सरकारले विद्रोहीविरुद्धको लडाइमा एकताबद्ध हुन जनतालाई आग्रह गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप