एनएसएलको नयाँ मिति भदौ अन्तिम सातालाई
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सँस्करणका लागि भदौ अन्तिम सातादेखि कार्तिक पहिलो सातासम्मको समय उपलब्ध गराएको छ । एन्फाले सोमबार आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई पत्र काट्दै एनएसएलका लागि भदौ २५ गतदेखि कार्तिक ५ गतेसम्मको समय उपलब्ध गराएको हो ।
साथै एन्फाले प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु खेल हुनुपूर्व स्वीकृत गराउन आग्रह गरेको छ । यसअघि एनएसएलको दोस्रो संस्करण चैत्र २६ गतेदेखि ८ गतेसम्म हुने तय भए पनि सहभागी क्लबहरुले तयारीका लागि समय नपुग्ने बताएपछि प्रतियोगिता स्थगित भएको थियो ।
त्यसपछि प्रतियोगिता आयोजनाको लागि आयोजकले एन्फासँग भदौ २५ देखि कार्तिक ५ गतेसम्मको समय माग गरेको थियो । प्रतियोगिताको लागि आयोजकले गत फागुन २० गते खेलाडी अक्सनसमेत गरेको थियो । एनएसएलको दोस्रो संस्करणमा असन्तुष्ट जनाउँदै ‘ए’ डिभिजन लिगका क्लबहरू समेत विरोधमा उत्रिएका थिए । जसका कारण प्रतियोगिता निर्धारित समयमा हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा