आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका इन्दिराले चितवनमा गरिन् प्रेमी शरदसँग विवाह

सोमबार, ३० जेठ २०७९, २१ : ५७
सोमबार, ३० जेठ २०७९

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ ।  

विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् ।

आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए । केही समय अघि उनीहरुले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोज गरेको तस्बिर सार्वजनिक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप