संसदमा उठ्यो शिक्षा मन्त्रीकी छोरीले विदेशमा अध्ययन गरेको विषय
एमाले सांसद गंगा चौधरीले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई आफ्नी छोरी विदेशमा किन पढ्न पठाएको भन्दै प्रश्न गरेकी छिन् । मंगलबार मन्त्री पौडेले संसदमा प्रस्तुत आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा सांसद चौधरीले सो प्रश्न उठाएकी हुन् ।
उनले नेपाली विद्यार्थी नेपालको शिक्षा प्रणाली प्रति विश्वस्त नभएर विदेशिने गरेको बताउँदै मन्त्रीलाई पनि नेपालको शिक्षा प्रणालीमा विश्वास नभएर छोरीलाई विदेशमा पढ्न पठाएको हो भन्दै प्रश्न गरिन् । उनले नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धी हकको उपधारा ५ अनुसार नेपालको भूभागमा बस्नेले मातृभाषामा पढ्न पाउने अधिकार रहेको र त्यसको व्यवस्था कहिले गर्नुहुन्छ भन्दै प्रश्न गरिन् ।
उनले विद्यालय सुधार कार्यक्रम पनि नभएको र निजीको जस्तो सरकारी बिद्यालयको शिक्षा गुणस्तरीय बनाउँने सरकारको योजना खै भन्दै प्रश्न गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिगत इगो र गुटगत कलहले कांग्रेसभित्र क्रियाशील सदस्यताको बबन्डर
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
त्रिभुवन विश्वविद्यालय र सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा फेवा संवाद सुरु
-
भारत–नेपाल आर्थिक सम्मेलन नयाँ दिल्लीमा सुरु
-
शिव शंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर जारी गर्दै
-
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट