बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भारत लगातार दोस्रोपटक  एसियन कपमा छनोट

मङ्गलबार, ३१ जेठ २०७९, १३ : ३३
मङ्गलबार, ३१ जेठ २०७९

भारतीय फुटबल टोली लगातार दोस्रो पटक एएफसी एसियन कपमा छनोट भएको छ । प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले हराउँदा भारतले यो अवसर पाएको थियो । सन् २०२३ को एएफसी एसियन कपका लागि छनोट हुनुअघि भारतले २०१९, २०११, १९८४ र १९६४ मा पनि प्रतियोगिताको लागि छनोट भएको थियो। तर यो पटक ऐतिहासिक छ किनभने भारत लगातार दोस्रो पटक यस प्रतियोगिताको लागि छनोट भएको हो ।

छनोट समूहका विजेताहरू सीधै एएफसी एसियन कपमा जान्छन्। तर राम्रो कीर्तिमानसहित पाँच उपविजेताले पनि यस प्रतियोगितामा स्थान पाउँछन् । भारतले अफगानिस्तान र कम्बोडियालाई हराएको थियो । तर गोल अन्तरका कारण हङकङ समूहको शीर्ष स्थानमा छ । भारत र हङकङको खेल हुन बाँकी छ र भारतले यो खेल जित्यो भने समूहको शीर्ष स्थानमा रहनेछ । तर यो खेलले भारतको छनोटमा खासै प्रभाव पार्ने छैन । किनभने प्यालेस्टाइनको जितसँगै भारतको टोली एसिया कपका लागि छनोट भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप