आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अर्को वर्षदेखि रासायनिक मलको समस्या हुँदैन : कृषिमन्त्री

मङ्गलबार, ३१ जेठ २०७९, १३ : २४
मङ्गलबार, ३१ जेठ २०७९

कृषि तथा पशुपक्षी मन्त्री महेन्द्र राय यादवले आगामी बर्षदेखि नेपालमा मलखादको समस्या नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कोभिड १९ तथा युक्रेन रुस युद्धका कारण मल उत्पादनमा कमी भएकाले समस्या भएको बताए । 

उनले अर्को बर्षदेखि भारतले पर्याप्त मल दिने प्रतिबद्धता जनाएकाले समस्या नहुने बताए । असार १५ गतेसम्म साल्ट ट्रेडिङ कर्पोरेसनबाट टेन्डर भएको डिएपी र युरिया मल आउँने र ५२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको जानकारी गराए । 

उनले हाल १४ हजार मेट्रिक टन मल रहेको बताए । युरिया मलको विकल्पको रुपमा झोल युरिया मल विराटनगरमा प्रदेश १ को कृषि मन्त्रीले उद्घाटन गरेको उनले बताए । 

मन्त्री यादवले भने–‘झोल युरिया मल आजदेखि बजारमा गएको छ । १ लिटरको ८ सय रुपैयाँ पर्छ । एक बिघा जमिनलाई त्यसले नाइट्रोजन दिन्छ । हामीले १ बोरा मल प्रयोग गर्ने ठाउँमा १ लिटर मलले पुग्छ । सो मल भारत सरकारले ५ लाख दिने निर्णय छ । असार मसान्तसम्म भारतबाट ८० लाख मेट्रिक टन एक चरणमा आउँछ । दोश्रो चरणमा यसै बर्षमा डेढ लाख मेट्रिक टन आउँछ ।’

कोभिड १९ का कारण धेरै देशमा मल उत्पादन कम भएको र रसिया–युक्रेनको युद्ध रहेको बताए । प्रत्येक बर्ष भारतले ५ लाख मेट्रिक टन मल दिने प्रतिबद्धता जनाएकाले अर्को बर्षदेखि मलको समस्या नहुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका बेलापनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको बताउँदै प्रधानमन्त्रीको निर्देशनमा आफू मल ल्याउनका लागि भारत गएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप