शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवाहरुलाई सैनिक तालिम दिनेबारे छलफल अघि बढाउँछौं : शिक्षामन्त्री पौडेल

मङ्गलबार, ३१ जेठ २०७९, १२ : ५०
मङ्गलबार, ३१ जेठ २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आवश्यकता अनुसार युवाहरुलाई सैनिक तालिम दिनेबारे सरकारले सल्लाह गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रीको प्रतिनिधिको रुपमा सांसदहरुको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । 

उनले भने–‘युवाहरुलाई देशको राष्ट्रिय भाव जगाउने कुरा, संस्कार, संस्कृतिले समुन्नति गर्ने कुरा देशभक्ति भावना जगाउने कुरा जुन यहाँहरूले उठाउनुभएको कुरा छ । सबैलाई सैनिक प्रकृतिको मिलिटेन्सी अनुभूति हुने प्रकारको प्रशिक्षण दिने नदिने भन्ने कुरा समग्र राज्यले निर्णय गर्ने कुरा हो । यो मन्त्रालयको मात्र कुरा हैन । यहाँहरूले उठाउनु भएको यो कुरालाई मन्त्रालयले छलफल गर्ने म विश्वास दिलाउन चाहन्छु ।’

खेलकुद मन्त्री विदेश भ्रमणमा रहेका कारण उनले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप