जिसस चितवनको प्रमुख छान्न गोलाप्रथा, एमालेका अधिकारी विजयी
मङ्गलबार, ३१ जेठ २०७९, १२ : ३९
जिल्ला समन्वय समिति चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा एमालेको मत बराबर आएपछि गोला प्रथा गरिएको छ ।
जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।
गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन् । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका हुन् ।
उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छन् । जिल्लाका सात पालिका मध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताबारे प्रचण्डको उदासीनताप्रति विप्लवले पोखे असन्तुष्टि, नेसपामा अन्योल
-
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
-
माधवसँग भेट्दै बामदेव, छलफलपछि निर्णय लिने
-
वैशाखमा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव हुने
-
पुस १३ देखि पोखरा सडक महोत्सव
-
फाइनल प्रवेशका लागि भएको भिडन्तमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य