सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

च्यासलमा एमाले अनुशासन आयोगको बैठक

मङ्गलबार, ३१ जेठ २०७९, १२ : २०
मङ्गलबार, ३१ जेठ २०७९

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको बैठक बसेको छ । आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा मंगलबार मध्याह्न पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा पार्टीको आन्तरिक जीवनका सम्वन्धमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । नेता रिजालका अनुसार बैठकमा सदस्यहरुले आ–आफ्नो क्षेत्रमा भएका पार्टी काम र त्यसक्रममा देखा परेका समस्याहरूका बारेमा रिपोर्टिङ गर्नेछन् । 

एमाले सचिवालयको बैठक बसेलगत्तै अनुशासन आयोगको बैठक बसेको हो । सोमबार एमाले सचिवालय बैठक बसेको थियो । उक्त बैठकले निर्वाचनको समिक्षा, जनप्रतिनिधिहरूलाई असार २ र ३ मा पार्टीले दिने प्रशिक्षण र केही विभागहरूमा सदस्य थप्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप