अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग
मङ्गलबार, ३१ जेठ २०७९, १२ : ०६

प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले हालै प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपालमा अमेरिकी भित्राउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत लागेको आरोप लगाए ।
‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी आउँछ भनेर साथीहरु भन्नुहुन्थ्यो । अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने । नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ,’ उनले भने । उनले जिम्मेवार मन्त्रीहरुले यथार्थ जानकारी सदनलाई जानकारी दिन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा निजी क्षेत्रको माग : खाडीमा पानी बेचेर करोडौँ विदेशी मुद्रा नेपालमा भित्र्याऔँ
-
सांसद केसीको प्रश्न : २२ वर्षदेखि निर्माणाधीन पुष्पलाल राजमार्ग किन बनेन ?
-
बाढीबाट अवरुद्ध बीपी राजमार्ग खुल्यो
-
‘पक्राउ पुर्जी जारी सांसद प्रधानमन्त्रीसँगै राख्नु सुशासनको कुन नमुना हो ?’
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
सगरमाथा संवादमा को-को आउँदैछन् विदेशी प्रतिनिधि ? (नामावलीसहित)