आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘माइकल अधिकारी’ ३ भदौमा रिलिज

मङ्गलबार, ३१ जेठ २०७९, ११ : ५३
मङ्गलबार, ३१ जेठ २०७९

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘माइकल अधिकारी’ ३ भदौबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति ३ भदौ तय भएको जानकारी दिएको छ ।
यस अगाडि २०७६ को २८ चैत्र प्रदर्शन मिति तोकिएको फिल्म सो समय कोरोनाका कारण लकडाउन भएपछि प्रदर्शनमा आउन सकेको थिएन । फिल्ममा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दीलिप बोहरा लगायतको मुख्य भूमिका छ ।

रञ्जिन रौनियारको निर्देशन रहेको फिल्मले कोख भाडामा लिएर सन्तान जन्माउने कथा बिषयबस्तुको रुपमा उठाएको छ । आर्थिक अवस्था कमजोर भएकाले पैसाको लागि अरुको बच्चा जन्माउने विवाहित महिलाको भूमिकामा अभिनेत्री श्रेष्ठले फिल्ममा निर्वाह गरेकी छन् । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्म इलाम, झापा लगायतका स्थानमा छायांकन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप