बजेटले गरेका व्यवस्थाबाट स्वदेशी उद्योग संकटमा परेका छन् : पूर्वअर्थमन्त्री पाण्डे
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटले गरेको व्यवस्थाबाट स्वदेशी उद्योगहरू संकटमा परेको बताएका छन् । पाण्डेले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै बजेटले गरेको करका दर हेरफेरका व्यवस्थाले स्वदेशी उद्योग संकटमा परेको बताएका हुन् ।
'नेपालका स्टिल उद्योगले पाइरहेका सुविधा कटौती यसमा अन्तःशुल्क बढाइदिएको र जसको कारणले हाम्रो निर्यात सुक्दै गएको छ', पाण्डेले भने, 'यसैगरी घ्यू तेल उद्योगहरूले कच्चा पदार्थमा १० प्रतिशतमा कर तिर्ने गरेका र तयारी वस्तुमा १५ प्रतिशत कर तिर्थे ।'
तर, बजेटले चाउचाउ र बिस्कुट उद्योगका लागि भनेर ५ प्रतिशतमा झारेर यस्ता उद्योगलाई संकटमा पारिएको पाण्डेको भनाइ छ । यो व्यवस्थाले नेपालको ८६/८७ अर्बको निर्यात प्रभावित बनेको छ । यस प्रकारका उद्योग पनि टाट पल्टने गरेर बजेटमा व्यवस्था आएको पाण्डेको भनाइ छ ।
यसैगरी, एउटा स्यानिटरी प्याड बनाउन ७ वटा कच्चा पदार्थ आवश्यक पर्ने गरेको र ती सबै प्रकारका कच्चा पदार्थमा गरेर साढे ७ प्रतिशतको भन्सार वृद्धि गरिएको छ । ‘तयारी वस्तुको आयातमा ९० प्रतिशत छुट दिने र नेपालका उद्योगलाई सुकाउने गरेर कर बढाउने काम भएको छ,’ पाण्डेले भने, ‘यो कसको संलग्नता र साँठगाँठमा भएको हो ?’