सन्राइज बैंकद्वारा निःशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर संचालन
सन‍‍राइज इज बैंकले आइतबार काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सम्पन्न गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यतः महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् । यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँछन् । यसैलाई मध्येनजर गर्दै बैंकले नेपाल मधुमेही समाज सँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरेको हो ।
सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सर बारे सचेतना दिइएको थियो । साथै शिविरमा आउन हुने सम्पुर्ण मानिसहरुको निशुल्क रक्तचाप, मधुमेह परिक्षण सेवा समेत दिइएको बैंकले जनाएको छ ।
बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरूमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसूति खर्च स्वरुप रु.१०,००० सम्म र अस्पताल भर्ना र ओपीडी खर्च गरी रु १ लाख सम्म बीमा बापतको रकम समेत दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध