शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सन‍्‍राइज बैंकद्वारा निःशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर संचालन

मङ्गलबार, ३१ जेठ २०७९, ११ : १७
मङ्गलबार, ३१ जेठ २०७९

सन‍‍राइज इज बैंकले आइतबार काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सम्पन्न गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यतः महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् । यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँछन् । यसैलाई मध्येनजर गर्दै बैंकले नेपाल मधुमेही समाज सँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरेको हो ।

 सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सर बारे सचेतना दिइएको थियो । साथै शिविरमा आउन हुने सम्पुर्ण मानिसहरुको  निशुल्क रक्तचाप, मधुमेह परिक्षण सेवा समेत दिइएको बैंकले जनाएको छ । 

बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरूमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसूति खर्च स्वरुप रु.१०,००० सम्म र अस्पताल भर्ना र ओपीडी  खर्च गरी रु १ लाख सम्म बीमा बापतको रकम  समेत दिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप