न्यायाधीश नहुँदा भारतीय फोटोग्राफरको मुद्दा स्थगितको सूचीमा

मुद्रा सम्बन्धी कसुरमा सात महिनादेखि थुनामा रहेका भारतीय फोटो पत्रकारको मुद्दा स्थगितको सूचीमा परेको छ । ७ न्यायाधीशको दरबन्दी रहेको झापा जिल्ला अदालतमा मंगलबार तीन न्यायाधीशमात्र उपस्थित छन् ।
तीन न्यायाधीशले यी सबै मुद्दामा सुनुवाइ गर्न नभ्याउने भएपछि भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीको मुद्दा स्थगितको सूचीमा परेको हो ।
नेशनल जियोग्राफी, टाइम्स अफ, इण्डिया, वाल स्टिर्ट फोटोबुक लगायतमा काम गर्ने भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई भद्रपुर विमानस्थलबाट गत मंसिरमा पक्राउ गरिएको थियो । नेपालमा डकुमेन्ट्री बनाउन आएका चौधरीलाई नक्कली डलर बोकेको अभियोगमा पक्राउ गरिएको थियो ।
दुर्लभले भिडियो बनाउने क्रममा उडाउने प्रयोजनका लागि फोटोकपी गरेर ल्याएको अमेरिकी मुद्रालाई चलनचल्तीमा प्रयोग गर्न लागिएको भन्दै प्रहरी प्रतिवेदनका आधारमा सरकारले मुद्दा दायर गरेको थियो ।
सो मुद्दाको फैसला गर्न मंगलबार पूर्ण सुनुवाइका लागि इजलासमा पेसी तोकिएको थियो। तर न्यायाधीश अभावमा चौधरीको मुद्दा स्थगितको सूचीमा परेको हो । दुर्लभको विषयमा सर्वप्रथम रातोपाटीले खोज मुलक समाचार प्रकाशन गरेको थियो । त्यसपछि विभिन्न संघसंस्थाले दुर्लभका लागि कानुनी सहायता प्रदान गर्ने घोषणासमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा