टिभी बजारमा ३२ प्रतिशत हिस्सा ओगट्ने एलजीको उद्देश्य

दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स प्रमुख एलजीले २०२२ मा भारतीय टिभी बजारको ३२ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय दृष्यको अनुभव प्रदान गर्ने टिभी क्षेत्रमा अग्रणी बन्ने उद्देश्य राखेकाले लोकल इन्साइटका साथै रिटेल र बिक्री पछिको सञ्जाल विस्तार गदै अघि बढ्ने योजना राखेको एलजी इलेक्ट्रोनिक्सका इन्डिया निर्देशक, होम इन्टरटेन्मेन्ट हाकह्युनकिमले जानकारी दिए ।
एलजी नेपालले पनि स्थानीय बजारमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको बेला यो विज्ञप्ति आएको हो । “हाम्रो आकांक्षा नम्बर एक टिभी ब्रान्ड बन्ने हो । हामी २०२२ बाट बाहिरिँदा करिब ३२ प्रतिशत बजार हिस्सा हामीसँग हुनेछ,”ह्युमकिमले भने ।
ह्युमकिम थप्छन् – भारतीय टिभी बजार ४.६ बिलियन डलर भएको अनुमान गरिएको छ र यहाँ दक्षिण कोरियालीफर्मको २०२१ मा लगभग २७ प्रतिशतबजार हिस्सा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार :
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
-
रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति सशस्त्र र नेपाल प्रहरीबाटै लुटिए
-
प्रशिक्षणमा सहभागी कांग्रेस क्षेत्रीय सभापतिहरू भन्छन्– ऊर्जा मिल्यो
-
अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई