सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुल गान्धीसँग १० घन्टा सोधपुछ

भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ । थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रवर्तन निर्देशनालयले नेशनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा सोधपुछको लागि राहुल गान्धी र कांग्रेस प्रमुख सोनिया गान्धीलाई बोलाएको थियो । योंग इन्डियन प्रालिविरुद्धको उजुरीलाई ट्रायल अदालतले नोट गरेपछि एजेन्सीले हालै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो ।
राहुलको सोधपुछलाई लिएर प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले विरोध जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ । पार्टीले आफ्ना नेताविरुद्धका आरोप ‘नक्कली र आधारहीन’ भएको र भाजपाले ‘बदलाको राजनीति’ गरेको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको दुष्प्रयत्न : दोषी को ?
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण