काठमाडौंमा एकैदिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारवाही
मङ्गलबार, ३१ जेठ २०७९, १० : ३५
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २२० जना सवारी चालमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने १३३ जना, तीब्र गतीमा सवारी साधन चलाउने ६० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०९ जना, लेन उल्लंघन गर्ने ५३ जना सवारी चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिन राष्ट्रिय शोक घोषणा
-
कलेज अफ मेडिकल साइन्सेस र प्रभु बैंकबिच छुट सम्झौता
-
तारकेश्वर नगरपालिकाका अमिन घुसको रकमसहित पक्राउ
-
बाढी पहिरोमा परी बेपत्ता रहेका परिवारलाई २ लाख दिने सरकारको निर्णय
-
बाढी पहिरोमा परेका मृतकका परिवारलाई दुई लाख दिने, प्रधानमन्त्रीले भोलि राहत प्याकेज घोषणा गर्ने
-
५ करोड ९२ लाख रुपैयाँमा बिक्यो एनपीएलको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’