मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ, तरकारी तथा फलफूलको आजको मूल्यसूची

मङ्गलबार, ३१ जेठ २०७९, १० : १९
मङ्गलबार, ३१ जेठ २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ ।

रातो आलु न्यूनतम ४२ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने मुडेको आलु ३८ रुपैयाँ प्रति केजी रहेको छ । सेतो मुला लोकल ३० रुपैयाँ प्रतिकेजी, हाइब्रिड भने ५० रुपैयाँ रहेको छ । समितिका अनुसार स्थानीय ज्यापु काउली ५० रुपैयाँ केजी रहेको छ ।

लाम्चो भण्टा १५ रुपैयाँ केजी, तने बोडी ५० रुपैयाँ प्रतिकेजी, सुकेको प्याज ३६ रुपैयाँ, घिउसिमी ४० रुपैयाँ, तितेकरेला २० रुपैयाँ रहेको छ । 

रुखकटहर ४०, काक्रो ३५ रुपैयाँ, हरियो खुर्सानी ४०, हरियो धनियाँ ५० रुपैयाँ प्रतिकेजी रहेको छ । खुद्रा बजारमा यो मूल्य सूचीभन्दा फरक मूल्य पनि पर्न सक्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप