क्यानडाका प्रधानमन्त्री कोभिड पोजेटिभ
मङ्गलबार, ३१ जेठ २०७९, ०९ : १७

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड सङ्क्रमण भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेको जनाएका छन् । उनले कोभिड खोप नलगाएकाहरूलाई पनि खोप लगाउन आह्वान गरेका छन् ।
‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ । म सार्वजनिक स्वास्थ्य दिशानिर्देश पालना गर्दैछु र अलग्गै बस्नेछु । खोप लगाइसकेकाले मेरो अवस्था सामान्य छ । तपाईहरूले कोभिड खोप नलगाएको भए लगाउनुहोस् । बुस्टर डोज लगाउनुहोस’, ट्रुडोले एउटा ट्वीटमा भनेका छन् । ट्रुडोलाई यसअघि जनवरीमा कोभिड भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट चौथो दिन पनि हेर्न नभ्याइने
-
किन स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक ?
-
तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख रुपैयाँ दिने लगायत ‘क्याबिनेट’ ले गर्यो यी १९ निर्णय
-
एमालेको ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा
-
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक
-
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व उपकप्तानको निधन