बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

क्यानडाका प्रधानमन्त्री कोभिड पोजेटिभ

मङ्गलबार, ३१ जेठ २०७९, ०९ : १७
मङ्गलबार, ३१ जेठ २०७९

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड सङ्क्रमण भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य निर्देशन पालन गरेर क्वारेन्टिनमा बसेको जनाएका छन् । उनले कोभिड खोप नलगाएकाहरूलाई पनि खोप लगाउन आह्वान गरेका छन् ।  

‘कोभिड १९ परीक्षण गर्दा मलाई पोजेटिभ देखिएको छ । म सार्वजनिक स्वास्थ्य दिशानिर्देश  पालना गर्दैछु र अलग्गै बस्नेछु । खोप लगाइसकेकाले मेरो अवस्था सामान्य छ । तपाईहरूले कोभिड खोप नलगाएको भए लगाउनुहोस् । बुस्टर डोज लगाउनुहोस’, ट्रुडोले एउटा ट्वीटमा भनेका छन् । ट्रुडोलाई यसअघि जनवरीमा कोभिड भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप