मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौंमा अवतरण हुनुपर्ने जजिराको जहाज  मौसममा खराबी आउँदा गौतमबुद्ध विमानस्थलमा अवतरण

मङ्गलबार, ३१ जेठ २०७९, ०८ : ५८
मङ्गलबार, ३१ जेठ २०७९

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने जजिरा एयरको जहाज मौसममा खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कुवेतबाट काठमाडौंका उडान भरेको जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे  काठमाडौंका लागि उडान भरेको थियो । जहाजले बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेको छ ।

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धअन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो । गौतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलको भर पर्नुपर्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप