बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

अमेरिका र युरोपेली देशहरूको प्रतिबन्धका बावजुद इन्धन निर्यातबाट रुसले कमायो ९८ अर्ब डलर

मङ्गलबार, ३१ जेठ २०७९, ०८ : २५
मङ्गलबार, ३१ जेठ २०७९

युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन नाघिसकेको छ ।  अमेरिका र प्रमुख युरोपेली देशहरूले लगाएको प्रतिबन्धले रुसी अर्थतन्त्रमा धेरै नोक्सान पुर्‍याएको छ । जारी संकटका कारण धेरै देशले रुसबाट तेल र प्राकृतिक ग्यास आयात बन्द गर्ने निर्णय पनि गरेका छन् ।

तर, फिनल्याण्ड स्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए)ले गरेको अनुसन्धानअनुसार युक्रेनमा युद्ध सुरु भएदेखि नै रुस कुल ९८ अर्ब डलर आम्दानीसहित जीवाश्म इन्धनको शीर्ष निर्यातकर्ता बनेको छ ।

युरोपेली संघ रुसी तेल र प्राकृतिक ग्यासको शीर्ष आयातकर्ता बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप