उपत्यकामा झाडापखाला फैलिने खतरा, सबै ठुला अस्पतालमा बिरामी भर्ना
काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ । हरेक वर्ष गर्मी मौसममा फैलिने झाडापखाला यो वर्ष पनि उपत्यकाका विभिन्न ठाउँमा देखापरेको विभिन्न अस्पतालका चिकित्सकहरूले बताएका छन्।
तीन सातायता हरेक ठुला अस्पतालमा प्रायः दैनिक चारजनाका दरले झाडापखालाका बिरामी भर्ना भइरहेका छन् । मेडिकलबाट ल्याइएको औषधि खाएर सुधार आउन नसकेपछि र शरीर शिथिल भएपछि मात्रै झाडापखालाका बिरामीहरू अस्पताल पुग्ने गरेको चिकित्सकहरूको भनाइ छ।
गर्मी मौसम सुरु भएदेखि दैनिक केही संख्यामा झाडापखालाका बिरामी उपचारका लागि पुग्ने गरेको काठमाडौं मोडल अस्पतालको आकस्मिक कक्षले जनाएको छ।
सोमबार अस्पतालको आकस्मिक कक्षमा झाडापखालाका चार बिरामीले उपचार लिन आएको अस्पतालको भनाइ छ। दैनिक पेटको समस्या लिएर आउने बिरामीमध्ये ४० प्रतिशतमा दूषित खाना तथा पानीका कारण हुने कीटाणुको संक्रमण भएको पाइएको सोही अस्पतालका चिकित्सक डा. अफतार जावेदले बताए।
पेटको समस्या लिएर आएकामध्ये केहीलाई लाक्षणिक उपचार गरी पठाउने गरेको र कीटाणु भेटिएकाहरूलाई एन्टिबायोटिक नै दिएर उपचार गर्ने गरेको डा। जावेदको भनाइ छ । सो अस्पतालमा उपचारका लागि पुग्नेहरू धेरैजसो दूषित पानी र खानाको कारण बिरामी भएको पाइएको उनले बताए। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)