बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस डराउनु पर्दैन, निर्वाचन अघि वाम एकता सम्भव छैन : एमाले

मङ्गलबार, ३१ जेठ २०७९, ०६ : ११
मङ्गलबार, ३१ जेठ २०७९

नेकपा एमालेले संघीय निर्वाचनअघि वा एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।  एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नभएको दाबी गरेका छन् । 

ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको चर्चा माओवादीले काँग्रेससँग बागर्नेनिङ गर्न चलाएको सुनियोजित हल्ला भएको दाबी गरे । 'काँग्रेस डराउनु पर्दैन, तत्काल वाम एकताको सम्भावना छैन', ज्ञवालीले भने । उनले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । 

एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उनको भनाइ छ । आदर्श र निष्टाका राजनीतिक गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप