शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन'

मङ्गलबार, ३१ जेठ २०७९, ०६ : ०२
मङ्गलबार, ३१ जेठ २०७९

प्रमुख  निर्वाचन  आयुक्त  दिनेश  थपलियाले  मतदाता  नामावलीबाट  मृतक  मतदाताको  नाम  हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग भएको मतदाता नामावलीमा करिब छ लाख ४२ हजार मृतक मतदाता रहेको अनुमान गरिएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा त्यसबारे सांसद्हरूले प्रश्न  उठाउनु  भएपछि  प्रमुख  निर्वाचन  आयुक्त  थपलियाले आयोग एक्लैले मतदाता नामावलीबाट मृतकको नाम हटाउन नसक्ने बताए । 

प्रमुख आयुक्त थपलियाले भने, “म आफैँ मलामी गएको छु तर ती व्यक्तिको नाम म मतदाता सूचीबाट हटाउन सक्दिनँ ।” उहाँले मरेको व्यक्तिको मृत्युदर्ता प्रमाणपत्रका आधारमा मात्र सूचीबाट नाम हटाउन मिल्ने र त्यो कार्यक्षेत्र आयोगको नरहेको स्पष्ट पारे ।

उनले आगामी मङ्सिर १० भित्र एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने तयारीमा आयोग रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप