शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अस्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

मङ्गलबार, ३१ जेठ २०७९, ०५ : ५८
मङ्गलबार, ३१ जेठ २०७९

अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५- ४ गोलले हराएको हो ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई लगातार पाँचौ विश्वकमा छनोट गराउन सफल भए । अस्ट्रेलिया २००६ को विश्वकपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ ।

अस्ट्रेलिया समूह डीमा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहनेछ । विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुंगो मंगलबार लाग्नेछ । अन्तिम स्थानका लागि कोस्टारिका र न्युजिल्याण्ड भिड्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप