शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ठगी प्रकरण :  लम्बोदर न्यौपानेले पाए सफाइ

सोमबार, ३० जेठ २०७९, २२ : ३१
सोमबार, ३० जेठ २०७९

५२ करोड रूपैयाँ ठगी गरेको अभियोग लागेको  नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपाने लगायतले सफाइ पाएका छन् । जिल्ला अदालत भक्तपुरले  न्यौपानेसहित ६ जनालाई ठगीको अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानले ठगी गरेको प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले ०७७ पुसमा उनीविरुद्ध ठगी मुद्दा दायर गरेको थियो।  जसमा न्यौपानेसहित लवराज भट्टराई, उपेन्द्र गौतम, रामरत्न उपाध्याय,  रामकुमार श्रेष्ठ थिए । उनीहरु सबै कलेज सम्बद्ध हुन् भने पोखरा विश्वविद्यालयका सहायक प्रशासक चोलाकान्त च्वाईंलाई  पनि कागजात किर्ते गरेको अभियोग थियो । सो प्रकरणमा न्यायाधीश उमेश कोइरालाको इजलासले दाबी नपुग्ने ठहर सफाइ दिएको हो । 

अदालतका श्रेष्तेदार जगन्नाथ पौडेलले जानकारी न्यौपानेसहित ६ जनाले सफाइ पाएको बताए ।  न्यौपाने घूस प्रकरणमा मुछिएका तत्कालीन अख्तियारका आयुक्त राजनारायण पाठकसँग पनि जोडिएका थिए । कलेजमा अनियमितताको उजुरी अख्तियारमा परेपछि न्यौपानेले तत्कालीन अख्तियार आयुक्त पाठकलाई घुस खुवाएर आफ्नो पक्षमा पार्ने कोसिस गरेका थिए । सो प्रकरणको भिडियो बाहिरिएपछि राजनारायणको समेत पद गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप