एयरपोर्टबाट २४ किलो सेतो हेरोइन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २४ किलो सेतो हेरोइन बरामद गरेको छ । आइतबार र सोमबार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ठुलो परिमाणमा सेतो हेरोइन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए ।
आइतबार १६ केजी सेतो हेरोइनसहित ब्यूरोले २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो । सोमबार पुनः ८ किलो सेतो हेरोइनसहित दुवईबाट काठमाडौं आएका अर्का एकजना विदेशीलाई पक्रेर ब्यूरोले अनुसन्धान गरिरहेको छ । विमानस्थल स्रोतकाअनुसार ३ जना विदेशी दुवईबाट सेतो हेरोइन लिएर काठमाडौं ओर्लिएका हुन् ।
२०७९ वैशाख ३ मा ब्यूरोले दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइनसहित कतार हुँदै नेपाल आएकी जाम्बीयन नागरिक कापुटुला अविसर्गलाई पक्राउ गरेको थियो । अहिले २४ किलो सेतो हेरोइन लिएर काठमाडौं आउनेहरुसँग वैशाख ३ मा पक्राउ परेकी जाम्बियन महिलासँग् कनेक्सन देखिएको छ ।
ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुईलाई पनि वैशाख ४ मा पक्राउ गरेको थियो । सुटकेशमा फल्स बटना बनाएर काठमाडौं सम्म ल्याएको सो सेतो हेरोइनको अवैध बजार मूल्य १४ करोड रहेको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण