शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

एयरपोर्टबाट २४ किलो सेतो हेरोइन बरामद

सोमबार, ३० जेठ २०७९, २२ : २६
सोमबार, ३० जेठ २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २४ किलो सेतो हेरोइन बरामद गरेको छ । आइतबार र सोमबार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ठुलो परिमाणमा सेतो हेरोइन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए । 

आइतबार १६ केजी सेतो हेरोइनसहित ब्यूरोले २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो । सोमबार पुनः ८ किलो सेतो हेरोइनसहित दुवईबाट काठमाडौं आएका अर्का एकजना विदेशीलाई पक्रेर ब्यूरोले अनुसन्धान गरिरहेको छ । विमानस्थल स्रोतकाअनुसार ३ जना विदेशी दुवईबाट सेतो हेरोइन लिएर काठमाडौं ओर्लिएका हुन् । 

 २०७९ वैशाख ३ मा ब्यूरोले दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइनसहित कतार हुँदै नेपाल आएकी जाम्बीयन नागरिक कापुटुला अविसर्गलाई पक्राउ गरेको थियो । अहिले २४ किलो सेतो हेरोइन लिएर काठमाडौं आउनेहरुसँग वैशाख ३ मा पक्राउ परेकी जाम्बियन महिलासँग् कनेक्सन देखिएको छ ।

ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुईलाई पनि वैशाख ४ मा पक्राउ गरेको थियो ।  सुटकेशमा फल्स बटना बनाएर काठमाडौं सम्म ल्याएको सो सेतो हेरोइनको अवैध बजार मूल्य​ १४ करोड रहेको ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप