एयरपोर्टबाट २४ किलो सेतो हेरोइन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २४ किलो सेतो हेरोइन बरामद गरेको छ । आइतबार र सोमबार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ठुलो परिमाणमा सेतो हेरोइन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए ।
आइतबार १६ केजी सेतो हेरोइनसहित ब्यूरोले २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो । सोमबार पुनः ८ किलो सेतो हेरोइनसहित दुवईबाट काठमाडौं आएका अर्का एकजना विदेशीलाई पक्रेर ब्यूरोले अनुसन्धान गरिरहेको छ । विमानस्थल स्रोतकाअनुसार ३ जना विदेशी दुवईबाट सेतो हेरोइन लिएर काठमाडौं ओर्लिएका हुन् ।
२०७९ वैशाख ३ मा ब्यूरोले दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइनसहित कतार हुँदै नेपाल आएकी जाम्बीयन नागरिक कापुटुला अविसर्गलाई पक्राउ गरेको थियो । अहिले २४ किलो सेतो हेरोइन लिएर काठमाडौं आउनेहरुसँग वैशाख ३ मा पक्राउ परेकी जाम्बियन महिलासँग् कनेक्सन देखिएको छ ।
ब्यूरोले सो हेरोइन लिन आएकी ३५ वर्षीया भारतीय नागरिक लाल नुनपुईलाई पनि वैशाख ४ मा पक्राउ गरेको थियो । सुटकेशमा फल्स बटना बनाएर काठमाडौं सम्म ल्याएको सो सेतो हेरोइनको अवैध बजार मूल्य १४ करोड रहेको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम