सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

तेक्वान्दो : आयोजक कोटेश्वर च्याम्पियन

सोमबार, ३० जेठ २०७९, २१ : ५४
सोमबार, ३० जेठ २०७९

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, २ रजत र ५ कास्यसाथ कोटेश्वर टिम च्याम्पियन बन्यो ।

दोस्रो भएको बाँकेले ४ स्वर्ण, २ रजत र २ कास्य हात पार्‍यो । ४ स्वर्ण, १ रजत र ३ कास्यसाथ चन्द्रागिरिले तेस्रो स्थानमा चित्त बुझायो । शीर्ष स्थान स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको क्योरोगीतर्फ पुरुषमा चाँदनीका समीर तामाङ र महिलामा राष्ट्रिय विभूतिकी पुष्पा राखेल मगर उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेको पुरुषमा बाग्लुङका लवसन विक र महिलामा स्युचाटारकी मोनिका मगर उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा ३२ का अध्यक्ष नवराज पराजुली, प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । क्योरोगीमा २४ र पुम्सेमा ६ गरी ३० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आयोजकका अनुसार २२ जिल्लाका ६ सय खेलाडी सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप