शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

सोमबार, ३० जेठ २०७९, २१ : ०२
सोमबार, ३० जेठ २०७९

सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडका बागमती प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । 

बैंकको बागमती प्रदेश अन्र्तगतका जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोगवुं, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साखुं, न्यूरोड, नक्साल, नयाँ बनोश्वर, पुरानो बानेश्वर, चावहिल, महाराजगंज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथ लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन् । 

बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३%को वार्षिक ब्याजदर सहित थुप्रै आर्कषक विशेषताहरु समावेश गरी ग्राहकको फाईदालाई ध्यानमा राखी सार्वजनीक गरिएको बैंकको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप