मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

जिसस सुनसरीमा काँग्रेस उम्मेदवार विजयी

सोमबार, ३० जेठ २०७९, २० : ४५
सोमबार, ३० जेठ २०७९

जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित भएका छन् ।

उपप्रमुखमा कमला दाहाल विजयी भएकी छन् । दलित महिला सदस्यमा पनि कांग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । 

सदस्यतर्फ निर्विरोध हुनेमा टङ्कप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भूपेन्द्र उराव रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप