आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्रमा ९ जना कामु एसएसपीलाई पूर्ण एसएसपीमा बढुवा गर्न सिफारिस

सोमबार, ३० जेठ २०७९, २० : ४२
सोमबार, ३० जेठ २०७९

सशस्त्र प्रहरी बलका ९ जना कामु सशस्त्र प्रहरी वरिष्ठ​ उपरिक्षकलाई वरिष्ठ उपरिक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितीको बैठकले बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरी उपरिक्षक पदमा ४ वर्ष पुरा भएका दीपेन्द्र शाहलाई एक नम्बरमा पूर्ण एसएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरुमा कामु एसएसपी पदमा कार्यरत सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा, बिनोदराज श्रेष्ठ र प्रकाश थापा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप