रुविनाको कप्तानीमा राष्ट्रिय क्रिकेट टिम घोषणा
एसिसी महिला टी २० च्याम्पियनसिपको लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।
यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो । जुन १७ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, कुवेत, बहराइन र भुटानसँगै समूह ‘बी’ मा छ । नेपालले प्रतियोगिताअन्तर्गत जुन १७ मै भुटानविरुद्ध पहिलो खेल खेल्ने तालिका छ । यस्तै, नेपालले जुन १८ मा कुवेत, जुन २० मा बहराइन र जुन २१ मा हङकङविरुद्ध खेल्ने छ ।
नेपाली टिम:
रुविना क्षेत्री (कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनीषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, सङ्गीता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ, सबनम राई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण