बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्ष र सदस्यलाई निलम्बन कार्यान्वयन गर्न अख्तियारको ध्यानाकर्षण

सोमबार, ३० जेठ २०७९, १८ : ५५
सोमबार, ३० जेठ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको ईश्वरपुर नगरपालिका वडानम्बर ११ का वडाध्यक्षविरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा किनारा नलाग्दासम्म निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न सरोकारवालालाई पत्र पठाएर स्मरण गराएको छ । 

अख्तियारले सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहको ध्यानाकर्षण गराएको अख्तियारले पत्र पठाउँदै ध्यानाकर्षण गराएको हो । वडाध्यक्षमा निर्वाचित रामदुलार साह र सदस्य रायविरुद्ध अघिल्लो कार्यकालमा एक लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप